काठमाडौं । रास्वपा सभापतिसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी सम्बन्धी चार वटा जिल्ला अदालतमा परेको मुद्दाको तारेख धाउने क्रम सुरू भएको छ ।
तारेखका लागि लामिछाने आज जिल्ला अदालत, कास्कीमा उपस्थित हुँदैछन्।
पहिलो तारेखका लागि उनी आज अदालतमा उपस्थित हुन लागेका हुन्।
कास्की पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई अदालतले गत पुस २५ गते तारेखमा उपस्थित हुनेगरी ६५ लाख धरौटीमा छाडेको थियो।
उनी आजै पोखरा जाँदैछन्।
यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की, रुपन्देही काठमाडौं लगायत चितवनमा पनि मुद्दा दर्ता भएको थियो । चारै जिल्लाका जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
लामिछानेले चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देही जिल्ला अदालतमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका छन् ।लामिछानेले चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देही जिल्ला अदालतमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका छन् ।
हिजोमात्र उनलाई जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले गत मङ्गलबार रविसहित १५ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हब्र्स इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका छन् ।
यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं लगायत चितवनमा पनि मुद्दा दर्ता भएको थियो । चारै जिल्लाका जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।