मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

झापाको एक होटलमा महिला साथीसँग बसेका युवकको मृत्यु, दुई जना पक्राउ

शुक्रबार, माघ २५ २०८१

झापा । झापा बिर्तामोड नगरपालिका – ४ को एभरेष्ट होटलमा महिला साथीसँग रहेका एक युवकको मृत्यु भएपछि होटल सञ्चालक र अर्को एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा हल्दीवारी गाउँपालिका– १ गोलधापका ३० वर्षीय सागर बेस्रा र महिला साथीसँग सो होटलमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए ।

राति खाना खाएर कोठामा सुतेका बेस्रा बेहोस अवस्थामा फेला परेका थिए । उनलाई विर्तासिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।

उनको मृत्यु भएपछि होटल सञ्चालक बिर्तामोड ५ की ४८ वर्षीया यामकुमारी उप्रेती र बेस्राकी महिला साथीलाई पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

अन्दाजी २३ वर्षीया ती महिला साथी धरान उपमहानगरपालिका १५ घर भई हाल झापा कनकाई नगरपालिका ७ दुर्गापुर बस्दै आएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।