बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस संसदीय दलको बैठक जारी

बिहिबार, माघ २४ २०८१

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ।

बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बसेकाे हाे ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।