बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कमलपोखरीस्थित म:म पसलमा ग्याँस विस्फोट हुँदा एकदर्जन बढी व्यक्ति घाइते

बिहिबार, माघ २४ २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक म:म पसलमा खाना पकाउने सिलिण्डर ग्याँस विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

आज बिहान पौने ९ बजेको समयमा विष्फोट भएको हो । विष्फोटमा परी १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ । बाँकी तीन जनाको अवस्था सामान्य छ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।