बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

बुधबार, माघ २३ २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् । पूजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् ।

कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।