बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रविविरुद्ध संगठित मुद्दा नचलाएका चितवनका न्यायाधिवक्ताको सरुवा

बुधबार, माघ २३ २०८१

चितवन । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।

रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेको कारण उनलाई महान्यायाधिवक्ताको कार्यालयले काज सरुवा गरेको बुझिएको छ । उनलाई काठमाडाैं महान्यायाधिवक्ताको कार्यालयमा बोलाइएको छ ।

लुइँटेलको सरुवा गरेर बुटवल उच्च सरकारी वकिलको कार्यालयका रवि न्यौपानेलाई चितवनको जिम्मेवारी दिएको बताइएको छ ।

चितवन सरकारी वकिलको कार्यालयले मंगलबार लामिछानेसहित लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध सहकारी ठगिमा अदालतमा पुरक अभियोग दायर गरेको थियो।

यो प्रकरणले रविविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आरोप लगाउँदै आएको छ। रविविरुद्ध प्रमाणका आधारमा भन्दा सरकारको निर्देशनका आधारमा मुद्दा चलाएको उनसको आरोप छ ।

यसैबीच पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा आज उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् ।

लामिछानेकाे मुद्दा न्यायाधीश दयाराम ढकालकाे २ नम्बर इजलासमा परेको छ ।

उनी हिजो नै चिवतन पुगेका थिए ।