मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

देशव्यापी एभचपिभी खोप अभियान

महिलाको पाठेघरको मुखको क्यान्सर विश्वव्यापी समस्या : प्रधानमन्त्री ओली

मंगलबार, माघ २२ २०८१

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आजदेखि देशव्यापी एभचपिभी खोप अभियान सुरु गर्दै छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु गर्न लागेको हो ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गर्दै महिलाहरुको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी र गम्भीर समस्या रहेको बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘‘नेपालमा पनि यो रोग बढ्दै गएको छ । र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिने भन्ने एउटा आह्वान गरेको छ, अभियान चलाएको छ ।’’

उनले यस अभियानमा सरिक हुन म सबैलाई हार्दिक आह्वान समेत गरेका छन् ।

अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।