बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्ड निवास खुमलटारमा माओवादीकाे पदाधिकारी बैठक सुरू

सोमबार, माघ २१ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसिरहेको हो ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टीको आगार्मी कार्यदिशासहित केही प्रदेशमा इन्चार्ज फर्ने लगायतको विषयमा छलफल हुनेछ ।

गत पुस २१-२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।

विशेषगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन सकेको छैन।