बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालविरुद्ध ब्याटिङमा नेदरल्याण्ड्स

आइतबार, माघ २० २०८१

काठमाडौं ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ।

यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई २० रनले पराजित गरेको नेदरल्याण्ड्सले आज तेस्रो खेलमा नेपाललाई बलिङको निम्तो दिएको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह्र १२ः१५ बजेदेखि खेल सुरू भएकाे हाे ।

यसअघि नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग आठ विकेटले पराजित भएको थियो। उता, नेपाल पनि शनिबार भएको दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले हार ब्यहोरेको थियो।