काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान) ले निरन्तरता नदिने भएको छ ।
क्यानले शनिबार एक् विज्ञप्तिमार्फत उनको सम्झौता नवीकरण नहुने जनाएको हो ।
उनको २ वर्षे सम्झौता फेब्रुअरीबाट सकिएसँगै नवीकरण नगरिएको हो । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना समेत दिएको छ ।
मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो । उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो ।