शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

त्रिकोणात्मक महिला टी-२० : थाइल्याण्डसँग भिड्दै नेपाल

शनिबार, माघ १९ २०८१

काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।

बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

शुक्रबार नेदरल्यान्ड्स र थाइल्याण्डबीच भएको खेलमा नेदरल्यान्ड्स ८ विकेटले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ ।

नेपाल क्रिकेट स‌ंघ (क्यान)ले  खेल हेर्नकाे लागि प्रवेश नि:शुल्क गरेकाे छ ।

सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।