काठमाडौं । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो खो विश्वकपको उपाधि जितेको छ ।
नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।
महिलातर्फ नेपाल समूह ‘सी’मा सबै चार खेल जित्दै अपराजित रहेर समूह ‘सी’को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।
विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।
फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो ।
पहिलो टर्न २६-० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ पुर्याउँदा चौथो टर्नमा नेपालले थप १८ अंकमात्र जोड्न सक्यो ।
यसअघि फाइनलमा भारतसँग ७८-४० अंक्ले पराजित हुँदा महिलातर्फ पनि नेपाल उपविजेता बनेको थियो ।