बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

शुक्रबार, पुष १९ २०८१

काठमाडौँ । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केही हप्ता यता सुदूरपश्चिम केन्द्रविन्दु बनाएर नौ वटा भन्दा बढी भूकम्पका धक्का महसुस भएका छन् । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।

हिजो दिउँसो सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।