बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बिहीबार अपराह्न पार्टी बैठकलगत्तै प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न बुढानीलकण्ठस्थित चपली निवास पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।

लगातार दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चाबीच उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले केन्द्रीय कमिटी बैठकको संघारमा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई विशेष चासोकासाथ हेरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी एमालेमा नेतृत्व लिने गरी राजनीतिमा फर्किने कसरतमा रहेको र त्यसका लागि नेताहरूसँग निरन्तर संवादमा रहेको समाचार बाहिरिएका छन् ।

भण्डारी स्वयंले पनि पार्टीको आवश्यकता हेरेर, पार्टीले दिने जिम्मेवारीलाई बिचार गर्ने बताउँदै आएकी छन् ।