बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प,काठमाडौंमा पनि धक्का महसुस

बिहिबार, पुष १८ २०८१

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । काठमाडौं उपन्यकामा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।