काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले मलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउन पर्छ भन्दै उनले लेखेका छन् , ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारबाही गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । ’
थप उनले भनेका छन्- ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछी सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थि अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुनजेल धेरै ढिलो भइसकेको नहोस् ।’
राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा नजितिने उनको निष्कर्ष छ ।
‘अब पनि राजनीति नबुझ्ने हो भने , निषेधकै राजनीतिमा अघि बढ्ने हो भने , प्रचण्ड, देउवा र ओलिसँग मिल्न सक्ने मुकुलसँग मिल्न सकिन्न जस्ता तर्क दिँदै जाने हो भने , के भन्न सकिन्छ र ? राजनीति फरक चिज हो । यो कसरी बुझाउने । रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ । देशमा विदेशी हस्तक्षेप हुन्छ कि हुन्न भन्दा , प्रमाण त के पाइएला । राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा जितिन्न ।’ उनले भनेका छन् ।