मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

डिआइजीद्वय कडायत र केसी एआइजीमा बढुवा सिफारिस

बिहिबार, पुष १८ २०८१

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए भने केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।