मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एआइजी तामाङलाई काठमाडौं उपत्यकाको जिम्मेवारी

बुधबार, पुष १७ २०८१

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो।

यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख थिए।

काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ ।

कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।