मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

बुधबार, पुष १७ २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

आज आफ्ना भावी योजनाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्नेभएका हुन् । रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।

परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने रावलले बताएका छन् ।

एमालेले पार्टीबाट निष्कासित भएपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

रावलले नयाँ पार्टी खोल्ने तयारीका लागि छलफल पनि अगाडि बढाइरहेका छन् । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।