मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एकीकृत समाजवादी प्रवेशबारे वामदेवले भने :  अहिल्यै केही भन्न सक्दिन, सम्भावना जीवितै छ

मंगलबार, पुष १६ २०८१

काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

सोमवार एकीकृत समाजवादीको पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो ।

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए। उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि सुनाए।

उनले भने, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

समय समयमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठाउन चाहँदा पनि नेपालले स्पष्ट जवाफ नदिएका कारण पार्टी प्रवेश वा एकताबारे अहिल्यै आफूले केही भन्न नसक्ने उनको भनाइ थियो ।

छलफलमा गौतमले सम्पूर्ण केन्द्रीय सदस्य पूर्णकालीन हुनुपर्ने, पूर्णकालीन हुन तयार नहुनेलाई केन्द्रीय कमिटीमा राख्न नहुने धारणा राखेको बताए ।

नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए।