काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । थप विवरण हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
पछिल्ला केही दिनमा बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा एकपछि अर्को भूकम्पका धक्का महसुस भैरहेका छन् ।