बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

शुक्रबार, पुष १२ २०८१

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारको क्रममा निधन भएको हो ।

सिंहको भारतीय समयअनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो ।

सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ । उनको निधनको समयमा कँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन् ।

सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री रहेका थिए । उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।

सन् १९९१ देखि राज्य सभाका नेता भएका उनी सन् १९९८ देखि २००४ सम्म प्रमुख प्रतिपक्षी दलका नेता बनेका थिए ।

२२ मे २००४ मा भारतका प्रधानमन्त्री भएका उनी २२ मे २००९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री थिए ।