बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरुको बयान आज पनि हुने

बिहिबार, पुष ११ २०८१

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहने भएको छ।

बुधबार हिजो सार्वजनिक बिदा परेकाले बयान भएन।

कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएको हो।

आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ।

मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो। उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।