मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

मंगलबार, पुष ९ २०८१

काठमाडौं । प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बित बनेका लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णयविरुद्ध रास्वपाले सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेको छ ।