दाङ । मोटरसाइकल दुर्घटनामा परेर घाइते प्रहरी जवानको मृत्यु भएको छ।
जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णाली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो।
सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए।
उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।