मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज मंगलबार गणेश भगवानको पूजा

मंगलबार, पुष ९ २०८१

काठमाडौं । आज मंगलबार, गणेश भगवानको बार हो। हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ ।

गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ । हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो।

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।
१ – श्री गणेशाय नमः

२ – ॐ श्री गणेशाय नमः

३ – गं गणपतये नमः

४ – ॐ गं गणपतये नमः

५ – ॐ गं ॐ गणाधिपतये नमः

६ – ॐ सिद्धि विनायकाय नमः

७ – ॐ गजाननाय नमः

८ – ॐ एकदंताय नमो नमः

९ – ॐ लंबोदराय नमः

१० – ॐ वक्रतुंडाय नमो नमः

११ – ॐ गणाध्यक्षाय नमः