काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संघीय संसद् सचिवालयमा आइतबार अबेर आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उनका अनुसार लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्ने छ।
लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
