काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान निर्धारित समयमै सम्पन्न गर्न सबैले खबरदारी गर्नुपर्ने बताएका छन् ।
आफ्नो क्याबिनेटको पहिलो बैठकबाट कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको स्मरण गर्दै उनले यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि पनि गरेको उल्लेख गरेका छन् ।
जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लागेको बताउँदै प्रधानमन्त्री ओलीले जसका कारण प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ भएको जनाउँदै अब तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्