काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि पनि बोलपत्र आह्वान भएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज बोलपत्र आह्वान गरेको हो ।
प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ ।
बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ ।
सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ ।
