काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाले रोकिएको थियाे ।
म्याच वर्षाका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन् ।
नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिएकी थिइन् ।
आफ्नो ओभरको तेस्रो बलमा उनले हिरुनी हंसिकालाई एलिसा कुमारी यादवको हातबाट क्याच गराएकी हुन् । पहिलो ओभरमा उनले १ रन मात्रै खर्चेकी थिइन् ।
नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ ।