काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाएको थियो ।
सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो । कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो ।
सुदूरपश्चिमसँग ६ विवेटले पराजित बनेको कर्णाली रनरेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको हो ।
अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ ।
क्वालिफायर १ जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि पुनस् खेल्न पाउनेछ।
यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।