काठमाडौं । नेपाल प्रिलियर लिग एनपीएल अन्तरगत आज पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किङ्स भिड्दैछन् ।
काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमाडौं लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।
त्यस्तै दिउँसे १ बजे पोखरा एभेन्जर्ससँग सुदूरपश्चिम रोयल्सले प्रतिष्पर्धा गर्नेछ । सुदूरपश्चिम प्लेअफमा पुग्नलाई आज पोखरालाई पराजित गरे पुग्छ भने पोखरा प्लेअफ चरणबाट बाहिरिसकेको छ ।