काठमाडौं । सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्व मुद्दा दायर भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको हो ।
सहकारीको २२ करोड बिगो मागदाबीसहित उनीहरुविरुद्ध सहकारीको रकम अपचलनमा मात्रै मुद्दा दायर गरिएको छ ।
ऋषिकेशकी श्रीमती अञ्जला सो सहकारीको पूर्व सञ्चालक हुन् । रोचक कुरा के छ भने अञ्जला सञ्चालक रहेको अवधिका कागजातहरु गायव छन् ।
सो सहकारीका वर्तमान अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ । सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कूल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।