काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।
कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।
कर्णाली याक्स प्लेइङ ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिस सिंह ठकुरी
लुम्बिनी लायन्स प्लेइङ ११ : आशुतोष घिरैया,अर्जुन साउद, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, साद बिन जफर, बेन कटिङ, विकास आग्री, अभिशेष गौतम, तिलक राज भण्डारी, रामोन सिमोण्ड्स