बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

बिहिबार, मंसिर २७ २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध चितवन, काठमाडौं, रुपन्देही र पर्सामासमेत सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न त्यहाँको अदालतले अनुमति दिएकामा उनलाई बयान लिइसकिएको छ।

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले बुझाएको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक र प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई कारबाही गर्न सिफारिस गरिएको थियो।