शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपिएल : आज पोखरा र विराटनगर तथा काठमाडौँ र जनकपुरबीच खेल हुँदै

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

पाँच खेल चार जित र एक हारसहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।

चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ ।

यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउन चाहान्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।