बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको मध्यम लक्ष्य

बुधबार, मंसिर २६ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १२३ रन बनायो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए ।

सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान दीपेन्द्रसिंह ऐरी सून्य रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित खेले ।

जनकपुरका लागि किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए । ४ ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चेर विकेट लिए ।