शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य, रोहित र जफरले खेले शानदार इनिङ

मंगलबार, मंसिर २५ २०८१

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै  एक सय ६७ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि रोहितकुमार पौडेलले  ५७ बलमा ६ चौका  र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए ।

त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका छन् ।

चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एकएक विकेट लिए ।