बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सहकारीको रकम हिनामिना प्रकरण : रवि लामिछानेलाई पर्सा लगिँदै, छविलाललाई पुर्‍याइयाे

सोमबार, मंसिर २४ २०८१

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट पर्सा लैजाने तयारी भइरहेको छ ।

लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रविलाई यसअघि रुपन्देही, काठमाडौं र चितवन लगेर बयान लिसकेको छ । लामिछानेविरुद्ध आइतबार मात्रै ४ दिन म्याद थप भएको थियो । प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको छ । उनलाई आइतबार राति पोखराबाट लगिएको हो । पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार उनलाई सोमबार बिहान पर्सा पुर्‍याइएको हाे ।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ ।