बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सोमबार, मंसिर २४ २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।

बैठक बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताका साथै हालै सम्पन्न उपनिर्वाचनको सम्बन्धमासमेत छलफल हुने बताइएको छ ।