शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जनकपुरसँग लुम्बिनी एक रनले पराजित, लुम्बिनीको लगातार चौंथो हार

आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ ।

जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनायाे ।  अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पराजित हुन पुग्यो ।

जनकपुरले लगातार चौंथो जित निकाल्दा उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ ।