काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो ।
जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए । उनले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।
यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिए । उनले पुरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिए।
कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए।