काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । लुम्बिनी भने तीन वटै खेलमा पराजित भएको थियो ।
लुम्बिनी लायन्सको प्लेइङ-११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम रहेका छन् ।
जनकपुर बोल्ट्सको प्लेइङ-११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।