शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनीलाई सुदूरपश्चिमले दियो १८८ रनको लक्ष्य

शनिबार, मंसिर २२ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८७ रन बनायो ।

सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए ।

लिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एक/एक विकेट लिए।