शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै लुम्बिनी

शनिबार, मंसिर २२ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।

आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ ।

जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।