बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनपीएलमा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्ने

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन् ।

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।

पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुने छन्। चितवनले दुवै खेलमा जित निकालेको छ भने कर्णालीले दुवैमा पराजय व्यहोरेको छ ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । भने चितवनले पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको थियो ।

कर्णालीले भने यसअघि दुई खेल खेलेकामा दुवै खेलमा पराजय व्यहोरेको थियो ।  पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय व्यहोरेको कर्णाली दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।