बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनपिएल : पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

बिहिबार, मंसिर २० २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको पोखराले ७ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १३८ रन जोडेको हो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए ।

कप्तान कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।

बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए भने जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।