जाजरकोट । जाजरकोटमा कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कार्कीगाँउबाट कुदु तिर जाँदै गरेको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो।
उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा थिए।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। मृतक र घाइते सबै मध्यपहाडी लोकमार्गका काम गर्ने मजदुर भएको बताइएको छ ।