बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संघीय संसदको दुई समितिको बैठक बस्दै

बुधबार, मंसिर १९ २०८१

काठमाडौं । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।

शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने बिधायन समितिमा राष्‍ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित सचिवालय हलमा हुने दुवै समितिको बैठक अपरान्ह १ बजे बस्नेछ ।