शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : विराटनगरविरुद्ध सुदूरपश्चिमको सानदार जीत

मंगलबार, मंसिर १८ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई पराजित गरेको हो । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो ।

सुदूरपश्चिमको यो पहिलो जीत हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो ।

त्यसपछि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो । प्रतियोगिताको एकै इनिङ्समा हालसम्म बनेको यो नै सबैभन्दा धेरै रन हो । यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाए ।